हेटौंडा जेसीजले ग¥यो अपहिल साईक्लिङ च्यालेन्ज

साझाकुरा
२०७९ भाद्र १९, आईतवार ११:४९

हेटौंडा- हेटौंडा जेसीजले अपहिल साईक्लिङ च्यालेन्ज गरेको छ । हेटौंडा जेसीजले शनिबार मकवानपुरको धार्मिक स्थल मकवानपुरगढी–४ मा अवस्थित मनकामना मन्दिरसम्म अपहिल साईक्लिङ च्यालेन्ज गरेको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी वडा नम्बर–४का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको आतिथ्यतामा भएको कार्यक्रममा १७ जाना साईक्लिस्टहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मान बहादुर थापा मगर १७ मिनेट ३९ सेकेन्डमा पुरा गर्दै प्रथम, शुशिम चित्रकार १९ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो र प्रेम राजवंशी २१ मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै तृतीय
भएका थिए । प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई मेडल प्रमाण पत्र रनगद क्रमश ९ हजार ६ हजार र ३ हजार रुपैया प्रदान गरिएकोथियो ।

जेसिआई हेटौंडा वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्वध्यक्ष रवी नेपाल, राजदेव बानियाँ, मकवानपुर जिल्ला साईक्लिङ संघका अध्यक्ष संगितश्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*