भुटनदेवीमा अनियमितता भएको छैनः प्रअ दाहाल

साझाकुरा
२०७९ भाद्र २१, मंगलवार १०:२९

हेटौंडा- हेटौंडाको पुरानो भुटनदेवी माध्यमिक विद्यालयले व्यावसायिक सटर भाडाका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले ध्यानाकर्षण पत्र जारी गर्दै विद्यालयले कुनै अनियमितता नगरेको प्रष्टिकरण दिएका छन् । उनले विद्यालयबाट अनियमितता भएको भन्ने प्रचार ठिक नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । पछिल्लो समय भुटनदेवी विद्यालयले कानुन मिचेर नक्सा पास नै नगरी व्यावसायिक सटरहरु निर्माण गरी भाडा उठाउँदै आएको विषय उठेको थियो । विद्यालयले कानुनविपरित सटर निर्माण गरेको भन्दै उपमहानगरले डोजर चलाउनु पर्नेसम्मको दबाब नगरबासीहरुले दिएका थिए । सोही सम्बन्धमा दाहालले विधि प्रक्रिया अनुसार सटर निर्माण गरेको दाबी ध्यानाकर्षण पत्रमा गरेका छन् ।

‘विधिसम्मत् व्यावसायिक सटर निर्माण गरी निजी क्षेत्रसँगको सहकार्यमा भाडामा लगाउने प्रक्रिया अबलम्बन गरिएको कुरा स्पष्ट पार्दै व्यावसायिक निर्माण र भाडामा लगाउने प्रक्रियालाई लिएर भएका टिकाटिप्पणीप्रति विद्यालय परिवारको ध्यानाकर्षण भएको जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ । सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिएर सदुपयोग गरी उच्चतम् लाभ हासिल गर्नुपर्ने मान्यतामै रहेर व्यावसायिक सटर निर्माण गरिएको दाहालले बताए । भुटनदेवी माविमा १ हजार सय ७० जना विद्यार्थी अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*