मानव बेचबिखनबिरुद्धको अभियान सञ्चालन गरिन्छः उपमेयर बानियाँ
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले विभिन्न बहानामा यौन तथा श्रम शोषण हुने गरेको र रोजगारीको बहानामा विदेश पु¥याएरसमेत मानव वेचविखन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मानव वेचविखन बिरुद्धको १६ औं राष्ट्रिय दिवसको सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपमेयर बानियाँले वडा तहबाटै मानव वेचविखनविरुद्धको अभियान सञ्चालन गरिने बताए । आन्तरिक, सीमा र समुन्द्र पारी पु¥याएर अहिले मानव वेचविखन भइरहेको भन्दै उनले वडा तहबाटै अब अभियान सञ्चालन गर्ने बताए ।
उपमेयर बानियाँको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको उपस्थिति थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की तथा विभिन्न
सरोकारवाला पक्षको उपस्थिति थियो ।







