प्रगति माविको नयाँ भवन हस्तान्तरण
हेटौंडा- विदेशी सहायतामा निर्मित हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको नयाँ भवन मंगलबारहस्तान्तरण गरिएको छ ।२०७२ सालको भूकम्पले विद्यालय भवनमा क्षति भएपछि जापानी सहयोग नियोग (जाइका)को एक करोड ४७ लाख आर्थिक सहयोगमा नयाँ भवन बनेको हो । एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले विद्यालय भवन हस्तान्तरण गरेका हुन् । –बाँकी पृष्ठ ३ मा…







