चौघडा बजार क्षेत्रमा सरसफाई

साझाकुरा
२०७९ भाद्र २२, बुधबार ११:३९

हेटौंडा-सफा हेटौंडा अभियानअन्तर्गत् हेटौडा–६ चौघडा बजार क्षेत्रमा सरसफाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा केही हप्ता अघिबाट सुरु भएको अभियान अन्तर्गत मंगलबार हेटौडा–६ चौघडा बजार क्षेत्रमा सरसफाई गरिएको हो ।स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा डेंगु रोग नियन्त्रण अभियान अन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालय र टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–६ को समन्वयमा ४ दिने अभियानअन्तर्गत् सरसफाई
गरिएको टोल विकास संस्था हेटौडा–६ का सचिव राजकुमार फुँयालले जानकारी दिए ।

हेटौंडा–६ को चुच्चेखोला, शान्तिटोल, रक्षादेवीटोल हात्तिलेट टोल, गौरीटार टोल, भुलभुले पुतलीबजार, दिब्यनगर, गुप्तेष्वरी चौघडा टोलमा सरसफाई गरिएको हो । सरसफाइ अभियानमा लामखुट्टेको लार्भा नष्ट गर्दै, फोहर व्यवस्थापन गर्न सम्बन्धित घर धनीलाई भनिएको फुयाँलले बताए । सरसफाई कार्यक्रममा हेटौंडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, वडासदस्यहरु बिजय पौडेल, सरिता सापकोटा, मुना वि क, लेखराज ढकाल, नगर समन्वयका उपाध्यक्ष विष्णु ढुंगाना, सदस्य गोमा लामिछाने हेटौँडा–६ नम्बर टोल विकास समन्वय अध्यक्ष वासुदेव खतिवडा, उपाध्यक्ष रमेशकुमार थापा, सचिव राजकुमार फुँयाल, कोषाध्यक्ष नानीमाया रुम्बा, समन्वयका सदस्यहरु, स्वास्थ्यकर्मीको तर्फबाट हेटौंडा स्वास्थ्य चौकीका इन्चार्ज टीएन ढुड्डेल, स्वास्थ्य स्वयम्सेविकाहरु, सुरक्षाकर्मी, चौघडा चौकीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायत ६ नं वडामा रहेका २३ वटा टोल विकास संस्थाका अध्यक्षलगायत पदाधिकारीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*