राक्सिराङमा चट्याङ लागेर महिलाको मृत्यु
हेटौंडा- मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–२ बरेटारमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घरनजिकै बारीमा काम गर्दैगर्दा स्याङ्तानमाथि चट्याङ परेको थियो ।बारीमा काम गरिरहेको बेला दुई जनामाथि चट्याङ लागेपनि स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेपछि उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए ।







