हेटौंडाका ३ जना लागूऔषधसहित पक्राउ

साझाकुरा
२०७९ भाद्र २४, शुक्रबार १०:३३

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५, स्थित सिचाईटोलबाट ३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा सिचाईटोलस्थित ३१ वर्षीय धर्मेन्द्र खेम्काको घरमा छापा मार्दा लागूऔषध बरामद भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । खेम्काले आफ्नै घरमा लागूऔषध लुकाएर बिक्री वितरण गर्दै आइरहेको आरोपमा उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । लागूऔषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी–५ घर भइ हाल हेटौंडा–५, सिचाईं टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्की पक्राउ परेका छन् । खेम्काको घरको कोठाबाट लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोत्तल फेला परेको थियो । उनलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो ।यसैगरी, प्रहरीले श्रेष्ठ र कार्कीको कोठामा लुकाएको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोत्तल फेला पारेको थियो । प्रहरीले उनीहरुमाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*