श्रमिक माविले मनायो अन्तर्राष्ट्रिय साक्षरता दिवस
हेटौंडा- हेटौंडा–४ स्थित श्रमिक माविले विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । विद्यालयले विहीबार परेको अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरेर मनाएको हो । विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले १ कक्षादेखि १० कक्षासम्म सबै विद्यार्थीको सहभागितामा साक्षरता दिवस मनाइएको बताए । कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीका लागि छिटो लेखन कला प्रतियोगिता, ४ र ५ कक्षाका विद्यार्थीबीच अंग्रेजी उच्चारण प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीबीच गणित दौड प्रतियोगिता, कक्षा ९ र १० का विद्यार्थीबीच पनि गणित दौड प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुस्कार वितरण गरिएको थियो ।







