विद्यालयको गेटले च्यापिएर विद्यार्थी गम्भीर घाइते
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकामा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छन् । भीमफेदी गाउँपालिका–४ निबुवाटार स्थित बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढलेर च्यापिदा विद्यालयकी छात्रा गम्भीर घाइते भएकी हुन् । घाइते हुनेमा विद्यालयमा कक्षा १ मा अध्यययनरत ५ बर्षीया मालती पाख्रिन रहेकी छन् ।पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । गम्भीर अवस्थामा रहेकी उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागी भरतपुर रिफर गरेको जनाइएको छ ।







