जनकल्याण बचतले मनायो २७ औ वार्षिकोत्सव
हेटौंडा- हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २७ औ वार्षिकोत्सव मनाएको छ । शुक्रबार सहकारीले आफ्नो २७ औ वार्षिकोत्सवको अवसरमा अन्त्रिक्रिया गरेको छ । कार्यक्रमका सहभागीहरुले अहिले विभिन्न सहकारीमा समस्या आएको बताउदै संस्थाको गरिमालाई बचाई राख्न सबै पक्ष चनाखो हुनु पर्नेमा जोड दिएका थिए ।सहकारीले प्राप्त गरेका उपलब्धि, यसले गरेका विभिन्न कामहरुले सहकारीको लोकप्रियता बढ्दै गएको र भविष्यमा समेत सञ्चालक समिति र शेयर सदस्यहरु चनाखो हुनु पर्नेमा जोड दिएका थिए ।
सहकारीले शेयर सदस्यहरुको हितमा सदैव काम गर्नु पर्ने र विद्यमान सहकारीका ऐन नियमलाई पालना गर्नु पर्नेमा सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले संस्थाको वित्तीय विवरण पेश गरेका थिए ।२ हजार ५ सय ८८ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २ करोड ५० लाख निक्षेप १८ करोड ५४ लाख र ऋण लगानी १९ करोड ८० लाख रहेको कामु. व्यवस्थापक झम्क प्रसाद गौतमले जानकारी दिए । हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सचिव रोम बहादुर न्यौपाने, संस्थाका पूर्व उपाध्यक्ष नारायणप्रसाद अधिकारी, खिलप्रसाद गौतम, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।







