सकियो रोट¥याक्टको जिल्ला अध्यक्ष–सचिव भेला

साझाकुरा
२०७९ भाद्र २६, आईतवार ११:०७

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजनामा अध्यक्ष–सचिव भेला (पीएस मिट) सम्पन्न भएको छ ।
रोट¥याक्ट क्लब अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ हेटौंडाको आतिथ्यतामा अध्यक्ष–सचिव भेला भएको हो ।हेटौंडाको मोटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोट¥याक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला भएका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी हुन् । उनले सामाजिक संघसंस्थामा आबद्ध युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समेत सघाउ पु¥याउन अनुरोध गरे ।

‘रोटरी, रोट¥याक्ट लगायतका सामाजिक संघसंस्थाले पनि नेपाली समाजमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्’, उनले भनिन्, ‘सामाजिक कामसंगै मुलुकको विकासमा समेत लागिपर्न अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रमले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभर चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले अवलोकन भ्रमणको निम्ति अनुरोध समेत गरिन् ।रोट¥याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोट¥याक्टका डीआरआरसी दुर्गाप्रसाद सुवेदी, डीआरआर लक्ष्मण खरेल, रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयसराज पराजुली, रोट¥याक्ट क्लब अफ मकवानपुर अध्यक्ष प्रदीपकुमार राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हरेक रोटा वर्षको पहिलो त्रैमासिकमा आयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोट¥याक्टसंग सम्बन्धित विभिन्न मुद्दा तथा प्रस्तावहरुमा छलफल गर्ने गर्दछ । कार्यक्रममा रोट¥याक्ट क्लब अफ बुटवल साउथ, युनाइटेड बीरगञ्ज र बर्दिबासले सहसंयोजनको भूमिकामा रहेको थियो ।कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको थियो भने सागर डिष्टिलरी, युनिलिभर नेपाल, स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले प्रायोजन गरेको थियो । कार्यक्रममा करिब १ हजार जना रोट¥याक्ट प्रतिनिधिहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*