ॐ वृद्वाश्रमको १६ औं वार्षिक साधारणसभा सम्पन्न

साझाकुरा
२०७९ भाद्र २६, आईतवार ११:१४

हेटौंडा- हेटौंडा–२ चौकिटोलस्थित ॐ वृद्वाश्रमको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार वृद्वाश्रमको अध्यक्ष सिद्धिलाल श्रेष्ठको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारण सभामा वृद्वाश्रममा सचिव नारायण प्रसाद कडेँलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष फणिन्द्रप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार वृद्वाश्रमले गत आर्थिक वर्षमा ६१ लाख ७५ हजार ४ सय ९४ रुपैयाँ आम्दानी गरेको छ । जसमा ५३ लाख ३५ हजार ८ सय ७ रुपैयाँ खुद बचत भएको वृद्वाश्रमले जनाएको छ ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको प्रवक्तसमेत रहेका १ नम्वर वडाध्यक्ष सविन न्यौपाने, २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जन, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देललगायतको आतिथ्यता रहेको थियो । साधारणसभाको बन्दसत्रले प्रगति र लेखाको प्रतिवेदन पारित गर्नुको साथै समयानुकुल विधान संशोधन गर्न समिति गठन गर्नको लागि कार्य समितिलाई जिम्मा दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले उक्त विधान संशोधन समितिले आगामी १७ औं
साधारणसभामा संशोधित विधान प्रस्तुत गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*