ग्याँस विक्रेता महासंघको नवनिर्वाचित कार्यसमिति पदस्थापित
हेटौंडा- ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ ।काठमाडौँमा सम्पन्न दोस्रो अधिवेशनबाट महासंघ नेपाल बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई शनिबार हेटौंडामा पदस्थापना गरिएको हो । महासंघ बागमती प्रदेशका अध्यक्ष राधिका महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
महासंघ प्रदेशको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाबाट अध्यक्षमा बिनोदमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सन्तप्रसाद श्रेष्ठ (प्रविन), उपाध्यक्षमा उषा पौडेल, महासचिवमा केशवप्रसाद मुडभरी, कोषाध्यक्षमा मदनकुमार न्यौपाने र सचिवमा हरिदास अमात्य सर्वसम्मत चयन भएका थिए ।त्यसैगरी सदस्यमा लिलाधर शर्मा, खड्क भुवन श्रेष्ठ, विश्व जोशी, कृष्णबहादुर ढुंगाना र जितबहादुर सारु मगर चयन भएका थिए । ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मकवानपुर ग्याँस व्यवसाय संघले शनिबार नै बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
कार्यक्रममा ग्याँस विक्रेता महासंघका उपाध्यक्ष अर्जुन खत्री, महासंघका निर्वाचन समितिका अध्यक्ष विष्णुप्रसाद दुलाल, मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष दिलिशगोविन्द जोशीलगायतको आतिथ्यता रहेको थियो ।







