लागूऔषधसहित एक जना पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । धादिङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खैरो हेराइनको धुलो ७० मिलिग्राम र ३० ग्राम गाँजासहित मकवानपुरगढीबाट एक अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरे बस्ने २१ वर्षीय विवेक विक छन् ।
मकवानपुरगढी गाउँपालिका–५ देउरालीस्थित प्रेमबहादुर घलानको घरमा कोही नभएको अवस्थामा खुत्रुके फुटाई पैसा चोरी गरेको भनी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरिएकोमा चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएको कार्कीले बताए । प्रहरीले उनको साथबाट ३ हजार एकसय ४२ रुपैयाँ नेपाली पैसा, ३० रुपैयाँ भारतीय पैसा र १ रुपैयाँ कतारी रियाल पनि बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको कार्कीले बताए ।







