जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति

साझाकुरा
२०७९ भाद्र २७, सोमबार ०९:२९

हेटौंडा- मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको छ ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्लामा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको जानकारी दिइएको हो ।समितिमा संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्य कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् । अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् ।
मकवानपुरका नदी, नाला, खोल्सा, पानीका स्रोतहरु रहेको ठाउँमा जलचर प्राणीको

संरक्षण गर्नका लागि समिति गठन गरेर काम सुरु गर्न लागिएको समितिले जनाएको छ ।नदी, खोला, खहरेहरुमा फोहोर फाल्ने, यसको संरक्षण गर्नुको सट्टा विनास गर्न थालिएकाले यसको संरक्षणका लागि समिति गठन गरिएको संयोजक विनोद महतले बताए । समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*