हेटौंडाको इतिहाससंग जोडिएको घा“सी कुवा संरक्षणमा जागे स्थानीय

साझाकुरा
२०७९ भाद्र २८, मंगलवार १०:२०

हेटौंडा- हेटौंडामा पछिल्लो समय पानीको स्रोतहरु माँसिदै जाने सम्भावना र भविष्यमा आइपर्ने पानीको अभावलाई मध्यनजर गर्दै नगरभित्रै घाँसी कुवाको संरक्षण थालिएको छ हेटौंडा उपमहानगरपालिका–२ मा जागरुक स्थानीयहरुले वनस्खण्डी सामुदायिक वन क्षेत्रमा घाँसी कुवाको संरक्षण सुरु गरेका हुन् । जसका लागि आवश्यक विरुपाहरु रोपिएको छ । २ नम्बर वडास्थित वन क्षेत्रमा रहेको घाँसी कुवाको पानी हेटौंडा नगरको विकासको बेला स्थानीयहरुले पिएको इतिहास छ । स्थानीय वृद्धहरुका अनुसार २०११ सालदेखि पिउनको लागि हेटौंडाको बुद्धचोक सम्मका स्थानीयले यहाँको कुवाको पानी पिउने गरेको भनाइ छ । पिउने पानीको धाराको व्यवस्था नहुँदा यहाँकै पानी पिउने तथा लुगाधुने र नुहाउनको लागि प्रयोग गर्ने गरिएको स्थानीयहरु बताएका छन् ।

घाँसी कुवा संरक्षण गर्न स्थानीयहरुले वन क्षेत्रमा सरसफाई तथा वृक्षारोपण गरेका हुन् । कुवा वरिपरि रहेको झाडी सरसफाई गरिएको छ भने कुवालाई संरक्षण गर्न विभिन्न प्रजातिका विरुवा रोपिएको हो । स्थानीयहरु घाँसी कुवा संरक्षण समिति नै बनाएर अगाडि बढेका छन् । उनीहरुले लप्सी, अमला, बेल, निम, फलफुल तथा फुलका विरुवाहरु रोपेका छन् । स्थानीयहरुलाई जिल्ला वन कार्यालय मकवानपुरले विरुवाहरु उपलब्ध गराएको थियो । वनस्खण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भवसागर श्रेष्ठले वनस्खण्डी सामुदायिक वन क्षेत्रभित्र रहेको ऐतिहासिक घाँसी कुवा क्षेत्रलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए ।

२ नम्बर वडाका वडा सदस्य इन्द्र प्रसाद रिजालले पुराना दिन स्मरण गर्दै गोठालो जाँदा र आमाहरु जंगल जाँदा घाँसीकुवाको पानी पिउने गरेको सुनाए । कुवाको महत्वबारे नयाँ पिढीलाई जानकारी दिर्दै यसको संरक्षणमा उनीहरुको पनि सहभागिता गराउनुपर्नेमा रिजालको भनाइ छ ।स्थानीय लक्ष्मी प्रसाद लामिछानेले घाँसी कुवा हेटौंडाको इतिहाससँगै जोडिएको बताए । उनले विगतमा बुद्धचोकदेखिका स्थानीयवासी यस कुवामा पिउने पानी लिन आउने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*