विष्टको जन्मदिनमा बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री
मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले आफ्नो जन्मदिनको अवसरमा लोपोन्मुख बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसोधापमा पुगेर विष्टले शैक्षिक सामग्री सहयोग गरेका हुन् । मंगलबार बनकरिया समुदायको बालबालिले सामूहिक रुपमा पठनपाठन गर्ने केन्द्रमै पुगेर विष्टले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।कान्तिपुर दैनिकमा कार्यरत विष्ठले नियमित रुपमा लोपोन्मुख समुदायको विषयमा समचार लेख्दै आएका छन् ।







