हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला

साझाकुरा
२०७९ भाद्र २९, बुधबार ०९:१०

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला लाग्ने भएको हो। हेटौंडा–४ स्थित रानीदरबार अगाडि नयाँ बन्दै गरेको टिभिएसको स्वरुमको आँगनमा आज (भदौ २९) देखि असोज ३ गतेसम्म टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला लाग्ने भएको हो । टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राण्ड एक्स चेन्ज मेला लाग्न लागेको जनाइएको छ । हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढन सक्ने जानकारी दिए । उनको अनुसार टिभिएसले भदौ २० गते देखी नै लागू हुने गरी मुख्य चाडपर्व लक्षित ‘कायापलट’ नामको विशेष योजना पनी सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत् टिभिएसको कुनै पनि मोडल खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।
खरिद गर्नुअघि नै १ लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोधपुछ गर्न एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ । साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने उनले जानकारी दिए । मेलामा ग्राहकले आफ्नो सवारी साधनको एक्सचेञ्ज गर्दै पुरानो साधनको बजार मूंल्याकन भन्दा ७००० थप प्रदान गरिने ‘बबाल फाइनान्स स्किम’अन्र्तगत् न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट तथा मासिक जम्मा ४२७७ रुपैयाँमा ‘स्पट फाइनान्स’ सुबिधालगायत अन्य धेरै उपहार समेत प्रदान गरिने बताइएको छ ।
६ दिने उक्त कार्यक्रममा १०० वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने सञ्चालक बरुवालको दावी छ । हाल टिभिएसका न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु बजारमा उपलब्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*