लागूऔषधसहित दम्पती पक्राउ

साझाकुरा
२०७९ भाद्र २९, बुधबार ०९:३२

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौंडाबाट एक दम्पती पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१० आनन्दटोल बस्ने २५ वर्षीय समीर सिद्धिकी र उनको २१ वर्षकी श्रीमती रिजुकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।लागूऔषध बिक्री वितरण गर्न लागेको छ भन्ने सूचनाको आधरमा सादा पोशकमा खटिएको प्रहरीको टोली सोमबार उनीहरुकै कोठाबाट ८ ग्राम २४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।पछिल्लो समय मकवानपुर प्रहरीले लागूऔषध बिक्रि वितरण गर्नेलाई दैनिक पक्राउ गरिरहेको छ । लागूऔषध ओसारपसार गर्नेसँगै घरबाटै बिक्रि गर्नेहरु पनि धमाधम पक्राउ पर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*