टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु
हेटौंडा-हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ । टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला हेटौंडामा बुधबारबाट सुरु भएको हो । असोज ३ गतेसम्म हेटौंडा–४ स्थित रानीदरबार अगाडि नयाँ बन्दै गरेको टिभिएसको स्वरुमको आँगनमा टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा मेला भइरहेको छ ।हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढन सक्ने जानकारी दिए ।
ग्राहकले आफ्नो सवारी साधनको एक्सचेञ्ज गर्दै पुरानो साधनको बजार मूंल्याकन भन्दा सात हजार थप प्रदान गरिने ‘बबाल फाइनान्स स्किम’अन्र्तगत् न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट तथा मासिक जम्मा ४ हजार दुईसय ७७ रुपैयाँमा ‘स्पट फाइनान्स’ सुबिधालगायत अन्य धेरै उपहार समेत प्रदान गरिने उनले बताए ।
६ दिने मेलामा १०० वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य लिएको सञ्चालक बरुवालको दावी छ । हाल टिभिएसका न्यूनतम एक लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु बजारमा उपलब्ध छन् ।
टिभिएसले भदौ २० गते देखी नै लागू हुने गरी मुख्य चाडपर्व लक्षित ‘कायापलट’ नामको विशेष योजना पनी सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत् टिभिएसको कुनै पनि मोडल खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।खरिद गर्नुअघि नै १ लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोधपुछ गर्न एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ । साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार ५० लाख नगद पुरस्कार उपलब्ध गराइने उनको भनाइ छ ।







