कृषि विकास सम्बन्धी सुझावसहितको मस्यौदा विधेयक हस्तान्तरण

साझाकुरा
२०७९ भाद्र ३१, शुक्रबार १०:४८

हेटौंडा- फियान नेपालले बागमती प्रदेशले तर्जुमा गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ को सुझावसहितको मस्यौदा विधेयक बागमती प्रदेशको कृषि तथा पशुपंछी विकास मन्त्रालायलाई हस्तान्तरण गरेको छ । बिहीबार खाद्य अधिकारको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाज संस्थाल प्रदेशले तर्जुमा गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ अध्ययन गरी उपयुक्त सुझाव सहितको मस्यौदा विधेयक कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं र सचिव डा. शरण कुमार पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

फियानका अध्यक्ष गोकर्ण रुपाखेतीले विधेयकमा नागरिकको सुझावसहितको मस्यौदा विधेयक हस्तान्तरण गरिएको बताए । विधेयक ग्रहण गर्दै कृषिमन्त्री हुमागाईंले तुरुन्तै दु्रतमार्ग अपनाई अध्यादेशमार्फत सो विधेयक पास गर्ने बताए । उनले समग्र कृषक र कृषि पेशा अपनाउने वर्ग र समुदायको खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए । मन्त्री हुमागाईंले विधेयकको सैद्धान्तिक अनुमतिको लागि प्रदेश अर्थमन्त्रालयमा पठाइसकिएको र सो सहमतीपश्चात आन्तरिक मामला तथा कानून मन्त्रालयको सहमती र राय लिएर ऐन पारित हुने बताए ।

मस्यौदा हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य राजाजाम स्याङतान, फियान नेपाल, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव, गैसस बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघका (मकवानपुर) जिल्ला अध्यक्ष, खाद्य अधिकार जिल्ला सञ्जालका सदस्यहरु, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला (मकवानपुर) अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*