दुर्घटनामा घाइते मैनालीको मृत्यु

साझाकुरा
२०७९ भाद्र ३१, शुक्रबार १०:५१

हेटौंडा- हेटौंडा–४ घर भएका २८ वर्षीय अमृत मैनालीको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते मैनालीको बिहीवार मृत्यु भएको हो ।मैनाली २८ भदौमा हेटौंडा–५ शान्तिनगरस्थित भित्री सडकखण्डमा ना ४३ प ८२६८ नम्बरको मोटसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भिर घाइते भएका थिए ।उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर लगिएको थियो । उपचारको क्रममा भरतपुरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*