लेडी जेसीज सप्ताह समापन

साझाकुरा
२०७९ भाद्र ३१, शुक्रबार ११:१३

हेटौंडा सामाजिक क्षेत्रमा अग्रणी महिलाहरुको संस्था लेडी जेसीजको आयोजनामा भएको जेसीज सप्ताह कार्यक्रम बिहीबार समापन भएको छ । लेडी जेसीजले हरेक वर्ष जेसीज सप्ताह मनाउँदै आएको छ । कार्यक्रमअन्तर्गत् सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको जेसीजले जेसीज सप्ताह मुल संयोजक सजिता केसी खत्रीले आमा घर नेपाललाई सहयोग, महिला हिंसाविरुद्ध सचेतना तालिम, हुप्रचौर सरसफाई कार्यक्रम, आत्मरक्षा तालिम, वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सामग्री हस्तान्तरण, स्लो स्कुटी रेस, डेंगुविरुद्ध सचेतना कार्यक्रम गरिएको जानकारी दिइन् । कार्यक्रमअन्तर्गत् भएका प्रतियोगिताका उत्कृष्टहरुलाई पुरस्कृतसमेत गरिएको छ । जेसीजले २७ भदौबाट कार्यक्रम सुरु गरेको थियो । बिहीवार हेटौंडामा जेसीज अध्यक्ष कविता पौडेलको सभाध्यक्षता तथा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।

वक्तृत्वकला प्रतियोगितामा उचित बजगाई प्रथम, सुनील न्यौपाने द्धितीय, सुदिन पौडेल तृतीय र मधु यादव सान्त्वना भएकोमा उनीहरुलाई क्रमशः पाँच, तीन र दुई हजार नगद प्रदान गरिएको छ । स्लो स्कुटी रेस प्रतियोगितामा प्रथम भएकी लक्ष्मी थापा मगर, द्धितीय भएकी रिता ठकुरी र तृतीय भएकी प्रतिक्षा न्यौपानेलाई हेल्मेट पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा जेसीज राष्ट्रिय उपाध्यक्ष तथा निरुपित राष्ट्रिय जेसीज क्षेत्र (ख)की उपाध्यक्ष रश्मी बस्नेत, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा जेसीजका अध्यक्ष पवन कंसाकार, लेडी जेसीजकी पूर्वअध्यक्ष निलम पाण्डे, सुशीला पौडेललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*