म्यादी प्रहरीमा पहिलो दिनमै तीनसय ४९ जनाद्वारा आवदेन

साझाकुरा
२०७९ भाद्र ३१, शुक्रबार ११:१८

हेटौंडा- मकवानपुरमा म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिनमा तीनसय ४९ जनाले आवदेन दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा बिहीबारबाट म्यादी प्रहरीको आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको जानकारी दिए । उनले आवेदन खुल्ला भएको पहिलो दिन दुईसय २७ जना पुरुष र एकसय २२ जना महिला गरी तीनसय ४९ जनाले आवदेन दिएको बताए ।

असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । आवेदक दरखास्त फारम दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्नेछ ।यसैगरी, आतंककारी संगठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएको तथा गर्भवती नभएको हुनुनपर्ने कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*