बकैया जेसीजको सप्ताहाव्यापी कार्यक्रम
हे-पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाव्यापी कार्यक्रमअन्र्तगत् बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेव मन्दिर सरसफाई तथा अन्तर जेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेकोथियो । मंगलबार जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हासिल गरे । वक्तृत्वकलामा सुशिल घिमिरे द्वितीय तथा शौभाग्य दुतराज तृतीय भएका छन् । प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेको सेजीका महासचिव सुनिल खनालले बताए ।कार्यक्रमअन्र्तगत मंगलबार साँझ संविधान दिवससको अवसर पारेर महेन्द्र मावि छतिवनको प्रांगणमा दिप प्रज्वलन गरिएको
थियो । ८ गते बकैयामा सप्ताहव्यापी कार्यक्रम हुनेछ ।







