श्रेष्ठ र अधिकारीलाई प्रवल जनसेवा श्रीपदक

साझाकुरा
२०७९ आश्विन ४, मंगलवार ०९:५१

हेटौंडा- हेटौंडाका व्यवसायी तथा समाजसेवी सिद्धिलाल श्रेष्ठ प्रवल जनसेवा श्रीपदकद्धारा विभुषित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकामध्ये हेटौंडाका श्रेष्ठपनि परेका हुन् । श्रेष्ठ लामो समयदेखि हेटौंडा सामुदायिक आँखा अस्पतालको नेतृत्वदायी भूमिका छन् । उनले सामुदायिक आँखा अस्पतालको विकास र विस्तारमा योगदान दिनुका साथै सयौं मोतियाबिन्दु भएका  बिरामीहरुलाई दृष्टि दिने अभियानमा सरिक छन् । संविधान दिवसको अवसर पारेर सरकारले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई पदकबाट सम्मान व्यक्त गर्दै आएको छ । जसअनुसार मंगलबार विभूषित हुनेहरुको नामावली सार्वजनिक भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रवल जनसेवा श्रीपदकद्धारा श्रेष्ठ विभुषित हुने भएका हुन् ।

श्रेष्ठसँगै हेटौंडाका पत्रकार तिलक अधिकारी पनि नेपाल सरकारबाट जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् ।अधिकारी पनि लामो समयदेखि मकवानपुरमा पत्रकारिता गर्दै आएका हुन् । उनले छापादेखि डिजिटल प्लेटफर्मको अनलाइन मिडिया हुँदै टेलिभिजन सञ्चार माध्यम सञ्चालन गरिसकेका छन् । सरकारले मकवानपुरमा प्रशासकीय जिम्मेवारी लिएकाहरुलाई पनि पदक प्रदान गर्न लागेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा निकायका केही प्रमुखहरु पनि बिभुषित हुने भएका छन ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका सशस्त्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की, राष्ट्रिय अनुशन्धान जिल्ला कार्यलय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पुशर्मा पौडेल पनि पदक पाउने नामावलीमा परेका छन् । प्रजिअ पाण्डेलाई सुप्रबल जनसेवाश्री, प्रहरी उपरिक्षक कार्कीलाई प्रबल जनसेवाश्री र उपअनुसन्धान निर्देशक पौडेललाई राष्ट्र यशोवर्दक पदकबाट बिभुषित गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*