प्राकृतिक जलाशय मत्य प्रर्वद्धन केन्द्रद्वारा हेटौंडामा वृक्षारोपण
हेटौंडा- प्राकृतिक जलाशय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्रले हेटौंडामा वृक्षारोपण गरेको छ । संविधान दिवस २०७९ को अवसरमा केन्द्रले वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको समन्वयमा वृक्षारोपण गरेको हो । डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले निम, कपुर, बिजयसाल, सतिसाल, छत्तिवन बिरेन्द्रफुल, गोलमोहोर लगायतका विभिन्न नामका विरुवाहरु रोपिएको जानकारी दिए ।
कार्यक्रम वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालको प्रमुख आतिथ्यता एवम् सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्यलयका उपसचिव बद्री पाठक, डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतम, डिभिजन वन कार्यालय हेटौंडाका डिभिजनल वन अधिकृत शिव सापकोटा, प्राकृतिक जलासय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख सुरेश यादवलगायत विभिन्न कार्यलयका प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







