हेटौंडा एकेडेमीका विद्यार्थीहरुद्वारा ओम वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग

साझाकुरा
२०७९ आश्विन ५, बुधबार १२:०७

हेटौंडा- हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौंडाका विद्यार्थीहरूको “हेटौंडा एकेडेमी सोसल क्लब” द्वारा हेटौंडा–२, चौकीटोल स्थित ओम वृद्धाश्रममा आयोजित “सहयोगी हातहरु कार्यक्रम” मार्फत ओम वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुको लागि खाद्यान्न तथा नगद सहयोग गरेक छन् ।ओम वृद्धाश्रमम विगत १५ वर्षदेखि मकवानपुर जिल्लामा जेष्ठ नागरिकहरूलाई आश्रय दिदै आइरहेको संस्था हो ।

“तपाई एक्लै हुनुहुन्न” भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौंडा उप–महानगर पालिका वडा नं १ का अध्यक्ष सबिन न्यौपानेले हामी सबै भविष्यका वृद्ध–वृद्धा हौ त्यसैले वृद्ध–वृद्धाको खुशीको लागि आ(आफ्नो ठाउँ बाट सकारात्मक पहल हुनुपर्छ भन्दै स्कूलका विद्यार्थीहरुको अग्रसरतामा यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्त सुखद कुरा भएको र आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम गर्न “हेटौंडा एकेडेमी सोसल क्लब” लाई सफलता मिलोस भन्ने शुभेच्छा प्रकट गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जेष्ठ नागरिकहरूको सम्मान बिना देश र आउदो पुस्ता सुसंस्कृत हुन नसक्ने हुँदा आ-आफ्नो परिवार र समुदायमा जेष्ठ नागरिक प्रति सम्मान र सेवाभाव वृद्धिहुने कार्य गर्नुपर्ने बताए ।“बाल केन्द्रित, अभिभावक मैत्री र सामाजिक रूपमा जिम्मेवार” विद्यालयको रूपमा हेटौंडा एकेडेमीलाई थप उचाइमा पुर्याउने आफ्नो योजना रहेको र त्यसैको आधारको रूपमा यस्ता कार्यक्रमहरु गर्न विभिन्न विद्यार्थी क्लबहरु मार्फत विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने गरिएको बताए ।

उक्त कार्यक्रमलाई हेटौंडा एकेडेमीकी प्राचार्य गौरीदेवी चिमरिया, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ले सम्बोधन गर्रेका थिए । हेटौंडा एकेडेमीकै कक्षा १० कि छात्रा बिबिका पराजुलीले संचालन गरको र स्कूल क्याप्टेन एवं कक्षा १० का छात्र शेख अरमानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा १० कि छात्रा हिमाली जैसवालले स्वागत मन्तव्य व्यक्त गरेकी थिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*