चोरीको मोटरसाईकलसहित एक जना पक्राउ

साझाकुरा
२०७९ आश्विन ६, बिहीबार ०९:०६

हेटौंडा- मकवानपुर प्रहरीले चोरी भएको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती चोरी भएको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुड्डा जिल्ला लिखु गाउँपालिका ९ बस्ने २७ वर्षीय प्रकाश परियार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । प्रहरीको अनुसार थानकोट–चित्लाङ सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँचको क्रममा काठमाडौंबाट चित्लाङ तर्फसंगै आउदै गरेको बा ९८ प ७७८० नम्बरको एफजेट–एसभिटु मोटरसाईकल र बा.प्र. ०२–०२३ प १९३८ नम्बरको पल्सर १५० सिसिको मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा पल्सर  मोटरसाईकल चालक माटरसाईकल छाडी भागी फरार भएका थिए ।

फरार भएकाले शंका लागी एफजेट–एसभिटु मोटरसाईकल चालक परियारसंग मोटरसाईकलको कागजपत्र माग्दा नभएको भनि बताए पश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त दुबै मोटरसाईकल चोरीको भन्ने पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्त टेक बहादुर कार्कीले जानकारी दिए ।

उक्त दुबै मोटरसाईकल भदौ २३ गते राती काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–३ बाट चोरी भएको भनि प्रहरी वृत्त बालाजु र ईलाका प्रहरी कार्यालय फर्पिङ काठमाडांैबाट परिपत्र समेत प्राप्त भएकाले बरामद मोटरसाईकलहरु र पक्राउ परेका प्रकाश परियारलाई थप अनुसन्धान तथा कारवाहीका लागी तालुक जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*