कर्रा खोलामा डुबेर तीन बालकको मृत्यु
हेटौंडा- कर्रा खोलामा पौडी खेल्न हेटौंडा–१५ नम्बर वडाको फारलाइनबाट आएका तीन बालक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा–५ र ७ नम्बर वडाको सीमा पर्ने कर्रा खोलास्थित नागदहमा शुक्रबार साँझ ५ बजेपछि पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएका तीन जना मृत अवस्थामा फेला परेको मकवानपुरका निमिक्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए ।पौडी खेल्ने क्रममा डुबेर हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको घिमिरेले बताए । मृतक बालकहरुको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
१५ नम्बर वडास्थित फारलाइनबाट चार जना बालक पौडी खेल्न आए पनि एक जनाको सकुशल उद्दार गरिएको थियो । ती बालकले घटना बारे जानकारी गराएका थिए ।सकुशल उद्दार गरिएको बालकको परिचय खुलाइएको छैन् । प्रहरीले घटनामाथि अनुसन्धान गरिरहेकाले बालकको परिचय नखुलाएको प्रहरी निरीक्षक घिमिरेले साझाकुरालाई बताए । पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।







