किटनाशक औषधि छर्कदै ह्दय रोग प्रतिष्ठान
हेटौंडा-नेपाल ह्दय रोग प्रतिष्ठान मकवानपुरले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान चलाएर विश्व मुटुु दिवस मनाउने भएको छ । प्रतिष्ठानले मुटुु दिवसको अवसरमा शुक्रबार हेटौंडा–१० मा रहेको ज्ञानदा माविको वरपर डेगुुको लार्भा नष्ट गर्न किटनाशक औषधि छर्केको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा डेंगुको लार्भा नष्ट गर्न विद्यालय परिसरमा औषधि छर्केको नेपाल ह्दय रोग प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवालले बताए । यस्तै मुटुु दिवसको अवसरमा प्रतिष्ठानले अन्य सामुदायिक विद्यालय र सार्वजनिक स्थलमा औषधि छर्कने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यसैगरी साहित्य संगम मकवानपुर र नेपाल ह्दय रोग प्रतिष्ठान मकवानपुरको प्रायोजनमा आज शनिबार मुटुसँग सम्वन्धित निबन्ध प्रतियागिता आयोजना गरिएको छ । संगमले ३ सय २३ औं नियमित साहित्य सन्ध्यामा निवन्ध प्रतियोगिता र दशैको शुुभकामना कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।प्रतिष्ठानले असोज १३ गते भुटनदेवी मन्दिर परिसरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । स्वास्थ्य शिविरमा चिकित्सकद्वारा निःशुल्क मुटुु परीक्षण, ईसिजी, सुगर र ब्लड प्रेसको परीक्षण तथा निःशुल्क औषधि वितरण कार्यक्रम रहेको सभापति भेटवालले बताए ।
स्वास्थ्य परीक्षण बिहान ७ बजेबाट हुने जनाइएको छ । स्वास्थ्य शिविर हुनुु अगाडि हेटौंडा बजार क्षेत्रमा मुटुु बचाउँ भन्ने सन्देशसहित ¥यालीको आयोजना
गरिएको सभापति भेटवालले जानकारी दिए । उनले सर्वसाधारणलाई स्वास्थ्य शिविरमा सहभागी भएर निःशुुल्क सेवा लिनका लागि आग्रह गरेका छन् ।







