हराएकी श्रीमती खोजिदिन श्रीमानको आग्रह

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार १३:३७

हेटौंडा-भीमफेदी गाउँपालिका १ नयाँ गाउँ बस्ने ३१ वर्षकि रिता माया नेगी असोज ३१ गते सोमबार देखि हराएकी छन् । उनले ५बर्षकी छोरी प्रमिशा लामालाई पनि संगै लगेको उनका श्रीमान् परणकुमार लामाले बताए। लामाले श्रीमती र छोरी खोजिदनका लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरमा निवेदन दर्ता गराएका छन्। लामाले हेटौडा –६रामनगरमा फर्निचरमा काम गर्दै आएको बताएका छन्। घरमा ११ बर्षका छोरा लाई छोडेर छोरी लिएर कहाँ गइन् कहाँ ? छरछिमेक आफन्तकोमा सबै तिर खोजिसके कतै नभेटिएपछि प्रहरीकोमा आएको हुँ । लामाले भने र देख्नुहुनेले नजिकको प्रहरी चौकिमा सम्पर्क गरिदिनको लागि आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*