सामुदायिक वनको समन्वयात्मक बैठक इन्द्रसरोवरमा

साझाकुरा
२०७९ कार्तिक ४, शुक्रबार ११:५३

हेटौंडा- सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयात्मक बैठक इन्द्रसरोवर गाउँपालिकामा बसेको छ ।स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा बोल्दै इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक वनको विकासमा सहयोग गर्न गाउँपालिका सदैव तैयार रहेको बताएकी छिन ।सामुदायिक वनले उत्पादन, रोजगारी र फल दिने विरुवाको वृक्षारोपण गरी आयआर्जनमा ध्यान दिई पर्यापर्यटकीय क्षेत्रमा समेत काम गर्नु पर्नेमा जोड दिदै वहाँले क्षमता अभिवृद्धिमा समेत सामुदायिक वनले काम गर्नु पर्नेमा लामाको जोड दिइन । बैठकका सहभागीहरुले जनचेतना, गरिवी, न्यूनीकरण, अनावश्यक झन्झट, वन पैदावारको समुचित प्रयोग गर्न नपाएको, वन व्यवस्थापन, आयमुलक कार्यक्रम सञ्चालन, वनडढेलो नियन्त्रणका प्रयास, तालिम, गोष्ठी लगायतका क्षेत्रहरुमा काम गर्न नसकिएको बताएका थिए ।

बैठकमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आर्थिक अभावका कारण समयमा नै कार्ययोजना नवीकरण गर्न नसकेको, बैठक र साधारणसभा नियमित गर्न नसकिएको गुनासो गरेका थिए । सहभागीहरुले वन कार्यालय, स्थानीय तहबाट सहयोग नभएको, भौगोलिक विकटता, लगायतका समस्याहरुका कारण सोचे अनुसारको काम गर्न नसकिएको बताएा थिए ।बैठकमा इन्द्रसरोवर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुमन श्रेष्ठ, ३ का वडा अध्यक्ष प्रताप भोमजन, ४ का वडा अध्यक्ष चन्द्रकुमार बल र ५ का वडा अध्यक्ष दुतराज तितुङले सामुदायिक वनको विकासका लागि वडा कार्यालयले सहयोग गर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको बैठकमा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, महासंघ, मकवानपुरकी सहजकर्ता सन्ध्या शिवाकोटी, सञ्चारकर्मी भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।ठकमा सव डिभिजन नव कार्यालय इन्द्रसरोवरका प्रमुख जियालाल यादव, रेन्जर परशुराम देवकोटा, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*