शान्तिदीपका महिलालाई बेहुली श्रृंगार तालिम

साझाकुरा
२०८० जेष्ठ ३१, बुधबार ११:०४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ अन्तर्गत् शान्तिदीप टोल विकास संस्था जरुवाटोल क्षेत्रका १५ जना महिलालाई बेहुली श्रृंगारसम्बन्धी तालिम प्रदान गरिएको छ ।हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को महिलालक्षित कार्यक्रमअन्तर्गत् बजेटबाट महिलालाई बेहुली श्रृंगारसम्बन्धी तालिम दिइएको हो । महिलाहरुलाई स्वरोजगार हुन सघाउने उद्देश्यले आयोजित तालिमको मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रम संयोजन गर्ने संस्था शान्तिदीप टोल विकास संस्थाकी अध्यक्ष बिमला पौडेलको सभाध्यक्षता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।

तालिम समापन गर्दै वडा अध्यक्ष न्यौपानेले पछिल्लो समय बेहुली श्रृंगारमा हजारौं खर्चने क्रम बढ्दै गएको भन्दै यसलाई घरायसी प्रयोजन र व्यावसायिक दुवैरुपमा प्रयोग गर्न सकिने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिँदै महिलाहरुलाई स्वरोजगार बनाउन सक्दो सहयोग गर्ने बताए ।तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य रामकृष्ण अधिकारी, वडा सचिव शान्तादेवी लौडारी, प्रशिक्षक जुनु लामा, प्रशिक्षार्थी स्वस्तिका भट्टराई र सरस्वती तिमल्सिनालगायतले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*