किशोरी र महिलालाई लैगिंकहिंसाविरुद्ध अभिमूखीकरण

साझाकुरा
२०८० असार ५, मंगलवार ११:३१

हेटौंडा-थाहा नगरका किशोरी समूह तथा महिलाको लागि लैगिंक, बालविवाह, मनोसामाजिक समस्या तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा थाहा नगरपालिकाको सहयोग तथा लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा किशोरी तथा महिलालाई दुईदिने अभिमूखीकरण कार्यक्रममार्फत सचेतना अभिवृद्धि गराइएको हो ।

आयोजक संस्थाका अध्यक्ष रीता प्रधानले पछिल्ला दिनमा बालिका, किशोरी एव महिलामाथि लैगिंकहिंसा बढिरहेको भन्दै रोकथामका लागि किशोरीलाई कानुन एव आत्मरक्षाबारे सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताइन् । ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनालले किशोरीलाई कसरी लैङिक हिंसाबाट बच्ने भन्ने बारे अभिमूखीकरण गराएका थिए ।

उनले लैगिंकहिंसा रोकथाम तथा निदानका लागि शिक्षामा जोड दिँदै सचेत हुनुपर्ने पनि बताए । समुदाय प्रहरीअन्तर्गत ईलाका प्रहरी कार्यालय पालुङले सहजीकरण गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख खनाल, थाहा नगरपालिका महिला विकास शाखा प्रमुख प्रतिमा मोक्तान, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने तथा मनो सामाजिककर्ता सुनिता बस्नेतले सहजीकरण गरेको कार्यक्रम सोमबार समापन गरिएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रधानले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*