सिबिनद्वारा बाल संरक्षणबारे अभिमुखीकरण

साझाकुरा
२०८० असार १२, मंगलवार १४:२४

हेटौंडा- बाल हेल्पलाइन मकवानपुरको आयोजनामा एक दिवसीय अनलाइन बालसंरक्षणबारे अभिमुखीकरण कार्यक्रम भएको छ ।सोमबार नगर सहजकर्ता, वडा सहजकर्ता, बालगृहका पदाधिकारी, मामाघर नेपाल, जनप्रतिनिधि, सञ्चारकर्मी र किशोर, किशोरी तथा बालसमूहका पदाधिकारीलाई अभिमुखीकरण दिइएको हो ।

हेटौंडा उपमहानगरपालिकाको २०८० मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणाको तयारीअनुरुप अनलाइन बालसंरक्षणबारे दोस्रो चरणको अभिमुखीकरण दिइएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताए । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकासम्बन्धी हक लगायत कानुनी व्यवस्थाबारे ज्ञवालीले सहजीकरण गरेका थिए ।

बाल हेल्पलाइनले २००८ मा अनलाइनमा बालसंरक्षण विषयमा नेपालमा पहिलोपटक र २०२० मा सातै प्रदेशमा बालसंरक्षण विषयमा अनलाइन सर्वेक्षण भएको बताए । सर्वेक्षणका क्रममा बालबालिका बढी अनलाइन जोखिममा रहेको पाइएको छ भने उनीहरु आफैंभित्र हराएको सामाजिकीकरण हुन नसकेको उनले रिसर्चमा देखिएको बताए ।

हेटौंडा बालमैत्री स्थानीय शासन घोषणाको चरणमा रहेको अवस्थामा अनलाइन बालसंरक्षणबारे नागरिक समाज, सहकारी निकाय, स्थानीय तह, बालसमूह, किशोरी समूहसँग छलफल भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*