विद्यार्थीलाई जीवनका तत्व र अध्ययनमा केन्द्रित हुने प्रशिक्षण
हेटौंडा- पालुङ जेसीज वर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई जीवनउपयोगी सीपका साथै अध्ययनमा केन्द्रित हुने उपायहरुका बारेमा प्रशिक्षण दिइएको छ ।मंगलबार थाहानगरको जनकल्याण माध्यामिक विद्यालयसँगको सहकार्यमा प्रशिक्षणा आयोजना गरिएको हो । प्रशिक्षणमा जनकल्याण मावि पालुङ, पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, झंकेश्वरी मावि र हिमालयन ईङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका ३ सय ८५ जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सहजीकरण गरेकी छन् । माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीलाई जीवनोपयोगी सीपका साथै अध्ययनमा केन्द्रित गराउनको लागि यस कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले बताए ।
कार्यक्रम उपाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको छ । जेसीज अध्यक्ष संगम कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रम थाहा नगरपालिकाको उपप्रमुख तथा पालुङ जेसीज वर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, पालुङ जेसीजका पूर्वअध्यक्षहरु सानोभाई कार्की, सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, मनोज रायमाझी, हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्कीलगायतको आतिथ्यता रहेको थियो । यसैगरी, पालुङ जेसीजका कोषाध्यक्ष कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, उपाध्यक्ष अजित कार्कीलगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
पालुङ जेसीज वर्ष २०२३ का महासचिव सञ्जय गोपालीले सञ्चालन गरेको कार्यक्रममा कानुनी सल्लाहकार निरज रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका छन् । प्रशिक्षण कार्यक्रमको अबसरमा सातौं एसियन गोजुरियो कराते प्रतियोगितामा थाहा नगरपालिकाबाट सहभागिता जनाउँदै ५ स्वर्ण, २ रजत र २ कास्य पदक विजेता खेलाडी र प्रशिक्षक तथा निर्णायक मानसिङ दोङलाई सम्मानसमेत गरिएको छ ।







