बागमती प्रदेशसभा परिसर जलमग्न

साझाकुरा
२०८० असार १३, बुधबार ०९:२४

हेटौंडा- हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालय परिसर मंगलबार दिउँसो परेको वर्षाका कारण जलमग्न भएको छ ।वर्षाको कारण सचिवालय परिसरमा पानी जम्दा जलमग्न भएको हो । पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर पानीले भरिएको थियो । १ बजेदेखि बोलाइएको बैठक ३ बजे सुरु भए पनि सांसदहरुलाई बैठक स्थलमा जान सकस परेको थियो । पानी जम्दा बैठकमा सहभागी हुन आएका सांसदहरु सभाकक्षभित्र समेत प्रवेश गर्न सकेका थिएनन् । संसद् सचिवालय भित्र पानी जम्ने समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै सांसदहरुले आवाज उठाउँदै आएका थिए ।

तत्कालीन समयमा विवेकशील साझा पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्बाट सरकारको ध्यानाकर्षण गराएका थिए । श्रेष्ठ हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद छन् । श्रेष्ठले ध्यानाकर्षण गराएसँगै तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले रुलिङ गर्दै समस्या समाधानका लागि भौतिक पूर्वाधार विकास मन्त्रीलाई निर्देशन दिएका थिए । तर सो समस्या हाल सम्म पनि समाधान हुन सकेको छैन । विगत १ वर्षमा प्रदेशसभा क्षेत्रभित्र थुप्रै भौतिक संरचना बनेपनि पानी निकासको समस्या भने हटेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*