भैंसेबाट गाँजा र कारसहित तीन जना पक्राउ

साझाकुरा
२०८० असार १३, बुधबार ०९:३२

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७ किलो ९ सय ग्राम लागूऔषध गाँजा, कार सहित ३ जनालाई पक्राउ गरेको छ ।भीमफेदी गाउँपालिका वडा नम्बर–२ भैंसे चेकपोष्टस्थित सडकखण्डमा सवारीसाधन रोकेर जाँच गर्ने क्रममा गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो । भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा १२ च ५६४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा जिल्ला हेटौंडा–१४ बस्ने ३१ वर्षीय रामबहादुर गोले, सोही कारमा सवार रहेका ३८ वर्षीय सुकराम लोप्चन र ४० वर्षीय बीरबहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको पछाडि डिक्कीभित्र फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा ७ किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला परेको र कार सहित उनीहरुलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*