अपाङ्गता भएकालाई सहायता सामग्री

साझाकुरा
२०८० असार १४, बिहीबार १०:३४

हेटौंडा- बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० जना अपाङगता भएका ब्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमबीच प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहायता सामग्री वितरण गरेकी हुन् ।मन्त्रालयको १५ लाख रुपैयाँमा गुणस्तरीय सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ह्विल चियर, कृत्रिम खुट्टा, बैसाखी, श्रबण यन्त्र, फोडिङ बेड, सेतो छडी लगायत अपाङगता सहायता सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री लामाले युवा र महिलाको कार्यक्रम र बजेटमा पनि अपा·ता भएका ब्यक्तिको अधिकार रहेको बताएकी छन् । मन्त्रालयको आयोजनामा अपा·ता भएका ब्यक्तिलाई सहायता सामग्री बितरण गर्ने कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्री मोक्तानको अनुसार अपा·ता भएका ब्यक्ति युवा र महिला पनि हुने हुनाले उक्त बिषयमा बिनियोजित बजेट तथा कार्यक्रममाथी अधिकार रहेको बताए । उनले सरकारको सीमित श्रोतसाधन र बजेटको कारण असीमित समस्याको समाधान गर्न नसकेपनि न्यूनीकरणको प्रयत्न गरिने बताइन् । मन्त्रालयले हस्तान्तरण गरिरहेको सहायता सामग्री प¥याप्त नभएपनि राहत भने हुने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*