बकैयामा किसान महासंघको धान दिवस कार्यक्रम

साझाकुरा
२०८० असार १५, शुक्रबार २१:०३

हेटौंडा, १५ असार÷जिल्लाको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ बागमती प्रदेश समिति र जिल्ला तदर्थ समितिको आयोजनामा २० औं धान दिवसको अबसर पारेर कार्यक्रम गरिएको छ ।

बागमती प्रदेशका खानेपानी उर्जा तथा जलश्रोतमन्त्री तीर्थबहादुर लामाको प्रमुख आतिथ्यतामा महासंघद्वारा बकैयाको ५ नम्बर वडामा धान दिवसको अबसर पारेर कार्यक्रम गरिएको हो । बकैया गाउँपालिका अध्यक्षसमेत रहेका धर्मराज लामिछानेको खेतमा धान रोपेर दिवस मनाइएको हो । मन्त्री लामाले कृषि क्षेत्रको विकासबाटै मुलुकमा समृद्धि आउने बताए । उनले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारबाट पर्याप्त बजेट पारिएको दाबी गरे । आगामी दिनमा पनि कृषिलाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्ने उनको भनाई छ ।

नेपाल किसान महासंघ बागमती प्रदेश अध्यक्ष मीरा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, प्रदेशसभा सदस्य संमिता खड्गी, कांग्रेस हेटौंडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुली, निवर्तमान गाउँपालिका अध्यक्ष दामोदार खनाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथिहरुले किसानका परिवार राजा भएको कथा सुनाउँदै जुनसुकै ओहोदामा पुगेपनि कृषि र किसानलाई कहिल्यै बिर्सिन नहुने बताएको महासंघ मकवानपुरका सचिव साधुराम कठायतले जानकारी दिए । मन्त्रालयमा किसानको कुरा नै नसुन्ने गतिविधि गर्न नहुने सहभागीले गुनासो राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*