रोटरी क्लव अफ मकवानपुरमा पराजुली

साझाकुरा
२०८० असार १६, शनिबार १२:०६

हेटौंडा-रोटरी क्लव अफ मकवानपुरको अध्यक्षमा अन्जनीकुमार पराजुली पदस्थापित भएका छन् । शुक्रवार भएको क्लवको नवौं पदस्थापन कार्यक्रममा पराजुली अध्यक्षमा पदस्थापित भएका हुन् । उनलाई रोटरीका निवर्तमान अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराएका हुन् । पराजुलीले प्रेसिडेन्ट इलेक्टमा अनिल अग्रवाल, प्रेसिडेन्ट नोमिनीमा बिजयकुमार श्रेष्ठ, उपाध्यक्ष भजकृष्ण गोपाली, सचिव मनोज ढोडारी, कोषाध्यक्ष पवन तिमल्सिना, सहसचिव सर्वेन्द्र पौडेल, सहकोषाध्यक्ष बिज्ञान रिमाल लगायतलाई मनोनीत गरेका छन् । उनले आफ्नो कार्यकालमा विभिन्न कार्य गर्ने प्रतिबद्धता जनाए ।

हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरीका सर्भिस प्रोजेक्ट चेयर रन्जिप श्रेष्ठ, रोटरी क्लव अफ मकवानपुरका पूर्वअध्यक्ष कविन सांगामी, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुयसराज पराजुली, रोटरी क्लवका एजी रामप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । उपमेयर बानियाँले रोटरी लगायतका सामाजिक संस्थासँग हातेमालो गरी काम गर्न तयार रहेको बताए ।

रोटरी जस्तै राजनीति पनि समाजसेवा भएको धारणा राख्दै उनले उपमहानगर रोटरीको साथमा रहेको बताए । कार्यक्रममा रोटरीका वर्ष सन् २०२२÷२३ का अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरेका थिए । हेटौंडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष सविन न्यौपाने, २ नम्बर वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, ६ नम्बर वडाअध्यक्ष बिष्णुबहादुर दाहाल, १४ नम्बर वडाअध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*