हाँडीखोलामा ३३ केजीको अजिंगर फेला

साझाकुरा
२०८० असार १७, आईतवार ११:३७

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको हाँडीखोलामा पछिल्लो समय दैनिकजसो अजिंगर फेला पर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।मनहरी गाउँपालिका–३ स्थित लामिटारस्थित वनमा ३३ केजीको र धानखेतमा ८ केजीको अजिंगर फेला परेपछि स्थानीय त्रसित भएका हुन् । वनमा बोका मारेको अवस्थामा शुक्रबार र खेतमा बसिरहेको अवस्थामा विहीबार अजिंगर फेला परेको स्थानीयले बताएका छन् ।

अजिंगर स्थानीयले समातेर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका थिए । निकुञ्जले अजिंगरको कोर एरियामा लगेर छोडेको जनाएको छ । त्यसक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत् मध्यवर्ती क्षेत्रमा पर्ने भएका कारण वर्षेनी बन्यजन्तुका कारण विभिन्न समस्या भोग्दै आएका छन् ।स्थानीयका अनुसार हात्ती, गैंडा, बदेल तथा अन्य जनवारबाट वर्षेनी समस्या भोग्दै आएपनि यसपटक अजिंगर नै भेटिएपछि थप समस्या परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*