मकवानपुरमा एकैदिन गाँजासहित १२ जना पक्राउ

साझाकुरा
२०८० असार २०, बुधबार १०:४३

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागूऔषध ओसारपसार गरेको आरोपमा मंगलबार एकैदिन १२ जनालाई पक्राउ गरेको छ ।प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १ सय ९० किलो गाँजासहित ओसारपसारमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले १ सय ४४ किलो लागूऔषध गाँजासहित ६ जना र थप ४७ किलो लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागूऔषध गाँजा फेला परेको हो । प्रहरीले कारमा सवार पर्सा वीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय विनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पूजाकुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*