टोल विकास संस्थालाई सहयोग

साझाकुरा
२०८० असार २१, बिहीबार ११:५९

हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ भित्र रहेका टोल विकास संस्थालाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ ।गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली र वडा नम्बर ६ का वडाअध्यक्ष कृष्ण बजगाईले टोल विकास संस्थाका अध्यक्ष नकुल चौलागाईलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

टोल विकास संस्थाहरुको सस्थांगत सुदृढिकरण गराउने, सामाजिक सेवामा उत्तरदायी बनाउने र आफ्नो वडामा भएका हरेक समयास्याहरु टोल विकासमार्फत छलफलको बिषय बनाउँदै समाधान निकाल्न सहयोग पुग्ने उद्देश्यले संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गरिएको वडाअध्यक्ष बजगाईले बताए ।

चालु आर्थिक वर्ष २०७९÷०८० को बिनियोजित ५ लाख बजेबाट ७ वटा टोल विकास संस्थालाई आवश्यकताको आधारमा विभिन्न सामग्रीहरु टेवल, कुर्सी, फोटोकपी मेसिन, प्रिन्टरलगायतका सामग्रीहरु सहयोगस्वरुप प्रदान गरेको अध्यक्ष बजगाईंले जानकारी दिए । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष पाख्रिनले टोल विकास संस्थाहरु पनि जागरुक हुनुपर्ने बताइन् ।

वडा नम्बर ६ भित्र रहेका सबै टोल विकास संस्थालाई आफ्नो काम कर्तव्य, अधिकार र जिम्बेवारीलाई पुरा गर्न संस्थाहरुलाई व्यवस्थित गर्नको निम्ति वडास्तरबाट भएको सहयोगले टेवा पुग्ने पाख्रिनको भनाई छ ।

कार्यक्रम नवदुर्गा टोल विकास संस्थाको आयोजना तथा मकवानपुरगढी–६ को सहकार्यमा सम्पन्न भएको थियो । नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष पाख्रिनको प्रमुख अतिथ्यता तथा वडा नम्बर ६ का अध्यक्ष बजगाईं, कार्यपालिका सदस्य केसव रसाईली, निवर्तमान वडाध्यक्ष टीकाप्रसाद दाहाल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*