उत्साहजनक पालुङ–आग्रा पदयात्रा

साझाकुरा
२०८० असार २४, आईतवार ११:४०

हेटौंडा- थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपामा सम्पन्न भएको छ । पदयात्रामा काठमाडौंका ४० जना र थाहानगरका २० जना गरी ६० जनाको सहभागिता रहेको थियो ।खुल्ला आकास कतैकतै बादलका फुर्काहरु, तल देखिने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरु·ीका आवाज, शितल मनोरम बातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय ब्यवस्थापक तथा फोटो पत्रकार गणेश बिष्टले बताए ।

ह्याप्पी हाईकर्स काठमाडौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्यसहित यो पदमार्ग क्षेत्रका धार्मिकयात्रा गर्दा अत्यन्तै रमाइलो भएको बताए । उनले एकपटक पैदलयात्राको लागि यो मार्ग छुटाउनै नहुने बताए ।करिब ४ घण्टाको पैदलयात्रामा प्राकृतिक सौन्दर्यतासँगको सामिप्यता, जैबिकबिविधताको अध्ययन, भौगोलक बिविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्न सकिने स्थानीय युवा माधव कार्कीले बताए ।

पदयात्रीलाई थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागतसहित रुपचन्द्र बिष्टको शालिकस्थल विकास घर प्रा·णबाट सुरु भएको पदयात्रा थाहा–३ को गोरखनाथधाम, पाण्डुकेश्वर मन्दिर, थाहा–३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा–७ को मान्द्रो गुफा, उनिउचौर हुँदै थाहा–७ डाँडाबासमा पुगेर समापन भएको थियो ।

पदयात्रीलाई गोरखनाथधाम ब्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. २ कार्यालय, पाण्डुकेश्वर क्षेत्र विकास समिति, डाँडाघरे बाको होमस्टमा खाना सहित, थाहा–७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउचौरमा र डाँडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले बिशेष स्वागत गरेका थिए ।
पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार बिष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*