अवैध सुनसहित एक जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले ४७ लाख बराबरको अवैध सुन बरामद गरेको छ । बिहिबार बिहान ११ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकखण्डमा बिशेष सूचनाको आधारमा प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सुन सहित एकजनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार काठमाडौंबाट वीरगंजतर्फ आउँदै गरेको ना १ ज ७४९० नम्बर को सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार वीरगंज महानगरपालिका वडा नं ०१ बस्ने वर्ष ३५ को प्रभु साहसोनारको शरीर चेकजाँच गर्ने क्रममा अवैध भन्सार छली चोरीपैठारी निकासी गरी ल्याएको ४ सय ८९ ग्राम ३७ मिलिग्राम सुन बरामद भएको कार्कीले बताए ।







