नगरभित्रका मन्दिरको परिक्रमा गरेर सकियो कोरा साइकल
हेटौंडा- हेटौंडाका साइकलप्रेमीहरुको दुइवटा सस्थाले अलगअलग यसवर्षको कोरा साइकल ¥याली सम्पन्न गरेका छन् । हिमालयन राइडर्स सोसाइटी र हेटौंडा राईडर्स क्लबले अलगअलग कोरा साइकल ¥याली गरेको हो । हिमालयन राइडर्सको ¥यालीको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले र हेटौंडा राईडर्स क्लबले हुप्रचौरबाट सुरु गरेको साइकल ¥यालीको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए ।
लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीले हेटौंडाको पशुपतिनाथ मन्दिरबाट सुरु गरेको कोरा च्यालेन्ज हेटौंडा–४ को शनि मन्दिर, हेटौंडा–९ को कुष्माड सरोवर त्रिबेणीधाम, हेटौंडा–१० को गोरक्षश्वरधाम, हेटौंडा–२ को जलेश्वर, बनश्खण्डी, मुक्तिनाथ, हेटौंडा–५ को दषिणकाली, रुद्रेश्वर, लक्ष्मीनारायण, हेटौंडा–४ को श्रीकृष्णप्रणामी, हेटौंडा–१० को भुटनदेबीलगायत मन्दिर परिक्रमा गरेको थियो ।
सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु थापामगरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सोसाइटीले यो वर्ष दोस्रो हेटौंडामा कोरा साइकल च्यालेन्ज गरेको हो । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले आयोजना गरेको कोरा च्यालेन्जमा २ सय सहभागी थिए । संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गरिएको हो ।
कार्यक्रममा प्रवक्ता न्यौपाने र वडाअध्यक्ष सिग्देलले स्वास्थका लागि साइकल आवश्यक रहेको बताए । हुप्रचौरबाट सुरु भएको ¥याली भुटनदेवी मन्दिर परिक्रमा गरी टिसिएनरोड, मेनरोड, चौकीटोल, जलेश्वर मन्दिर हुँदै बनस्खण्डी, सानोपोखरा लट्टिनाथ भैरवरोड चिल्ड्रेनपार्क हुँदै भुवनेश्वर पशुपतिनाथ, कमलडाडा गुम्बा हुदै सिमेन्टरोड गुम्बा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, मयुरधाप हेटौंडा–१४, पदमपोखरी हुदै भोर्ले, नया राप्तीपुल आलदमार हुदै नवलपुर ११, थानाभ¥याङ राप्तीपुल गोरक्षेश्वर मन्दिर हुँदै राप्तीरोड बुद्धचोकमा समापन गरिएको थियो ।
समापन कार्यक्रममा मेडल, प्रमाणपत्र तथा जाईन्ट साइकलद्वारा प्रायोजन गरिएको उपहार प्रदान गरिएको थियो । ¥यालीलाई विभिन्न मन्दिर समिति तथा स्थानीयले स्वागत गरेका थिए । कार्यक्रममा काठमाडौ, निजगढ तथा मकवानपुरका राईडर्सको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य साइकलद्वारा हेटौंडाको धार्मिक तीर्थस्थल तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नु रहेको थियो ।
बिशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज आज बिहान हेटौंडा–४ हुुप्राचौरस्थित पशुपतिनाथ मन्दिरबाट सुरुभई बिभिन्न मन्दिर परिक्रमा गरिएको बताइएको छ । हिमालयन राइडर्स सोसाइटीको कार्यक्रमलाई नेपाल टेलिकमले मुख्य प्रायोजनको भूमिका निर्वाह गरेको थियो । हेटौंडा–१ को महिला समूहले ¥यालीभर पञ्चैबाजा बजाएका थिए ।







