बागमती गाउँपालिकाको बजेट पारित

साझाकुरा
२०८० असार ३१, आईतवार १०:१३

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएको छ ।गाउँपालिकाको १० औं गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष सर्केश घलानले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो । पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख, संघीय सशर्त अनुदान २० करोड ८० लाख, समपुरक ८० लाख, सशर्त अनुदान पुँजिगत २ करोड २६ लाख, र प्रदेश सरकारको अनुदान सामनिकरण अनुदान १० करोड ३० लाख ९ हजार, सशर्त अनुदान चालू ३ करोड ८८ लाख ५४ हजार, सशर्त अनुदान पुँजिगत ४५ लाख, विशेष अनुदान ५० लाख, समपुरक अनुदान १ करोड, संघीय राजस्व बाँडफाँड ११ करोड ४६ लाख ४७ हजार, मालपोत कार्यालय (घरजग्गा रजिट्रेशन दस्तुर) ५० लाख, राजस्व बाँडफाड प्रदेशतर्फको २ करोड ८८ लाख ४५ हजार, बन रोयल्टी ५० लाख, दहत्तर बहत्तरको बिक्रीबाट हुने आय ५ करोड ७० लाख, र जम्मा आन्तरिक आम्दानी ४ करोड ७५ गरेर जम्मा ६८ करोड ३० लाख १० हजार कुल बजेट प्रस्तुत भएको थियो ।

बागमती गाउँपालिकाले प्राप्त अनुदान बजेट ३९ करोड ५५ लाख ५६ हजारबाट आर्थिक विकासतर्फ ११.०१%, सामाजिक विकासतर्फ २४.२७%, पूर्वधार विकासतर्फ २८.१५%, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ३.५०%, र कार्य सन्चालन तथा प्रशासनिक क्षेत्र ३३.०६% खर्च अनुमान गरिएको छ । पालिकाले प्रत्येक वडालाई प्रवद्र्धन गर्न प्रत्येक वडामा एक चिस्यान केन्द्र स्थापन गर्ने लक्ष्य राखिएको छ । कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ । बागमती गाउँपालिकाको समृद्धिको आधार कृषि र पूर्वाधार भन्ने नारा सहित बागमती गाउपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*