राजपानी पार्कमा वृक्षरोपण

साझाकुरा
२०८० असार ३१, आईतवार १०:१६

हेटौंडा- ‘रुख रोपौं, वातावरण जोगाऔं’ भन्ने नाराकासाथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौंडा–८ मा रहेको राजपानी पार्कमा वृक्षारोपण गरिएको छ ।शनिबार स्थानीय राजापानी टोल विकास संस्थासँगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको लायन्स क्लब मकवानपुर हेल्प डेस्कका वर्ष कार्यक्रम संयोजक प्रबेशराज बरुवालले जानकारी दिए । पार्कमा बिभिन्न प्रजातिका १५० बिरुवा रोपिएको छ ।

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कका अध्यक्ष राज सापकोटाको सभाध्यक्ष तथा लायन्स क्लब ३२५ एसको एरिया २ का एरिया चिफ कोअर्डिनेटर जेपी यादवको प्रमुख आतिथ्यमा वृक्षरोपण भएको थियो ।कार्यक्रममा लायन्स क्लब एरिया कोचिफ रजनी तिवारी, एरिया सचिब कविता श्रेष्ठ, जोन चियरपर्सन समिता रसाईली, क्लबका संस्थापक अध्यक्ष प्रवीण मैनाली, निवर्तमान अध्यक्ष बाबुराज ढकाल, लायन्स क्लब पाथीभरा गोल्डका निवर्तमान अध्यक्ष मलिला श्रेष्ठ, न्यु भ्वाइसका अध्यक्ष मनिषा घले, हेटौंडा बजार गोल्डका अध्यक्ष नमूना पाण्डे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष सुनिल अधिकारी, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सदस्य राजकुमार केसी, राजापानी टोल विकास सस्थाका सचिव बिपिन घिमिरे तथा क्लबका पधाधिकारी र टोल विकास समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।क्लबका सचिव सपना कँडेल ढकालले सञ्चालन गरेको कार्यक्रममा वृक्षरोपण कार्यक्रम संयोजक बिनोद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*